ad ad

खेल


ए डिभिजन लिगमा मनाङसँग आर्मी १–० गोल अन्तरले पराजित

ए डिभिजन लिगमा मनाङसँग आर्मी १–० गोल अन्तरले पराजित

नेपालखबर
पुस ७, २०७६ सोमबार ८:२५,

साविक विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबकाे याे लगातार दोस्रो जित हाे। ५ मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दायानन्दले खाली पोष्टमै गोल गरेका हुन्। 

गोल खाएलगत्तै मनाङको पोष्टमा रक्षक सुमन अर्यालले हातले गोल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। दशरथ रंगशालामा भएको खेलमा केही राम्रो अवसर पाउनका बाबजुद दुवै टोली गोलको अवसर खेर फालेका थिए।

कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठलगायतका खेलाडीले मनाङ छोडेपछि टोलीले पुरानो लय गुमाएको छ। मनाङ छोडेका अधिकांश स्टार यसपटक उपाधि दाबेदारका रुपमा हेरिएको अर्को टोली मछिन्द्र क्लबमा आबद्ध भएका छन् । तर आर्मीले त्यसको फाइदा उठाउन सकेन ।

यद्यपि दुवै टोलीले जितका साथ लिगको सुरुवात गरेका थिए । आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपीएफलाई २–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेका थिए । 

५० औं मिनेटमा भरत खवासको क्रसमा नवयुग श्रेष्ठको प्रहारले पोष्टको दिशा लिन सकेन । उनको प्रहार पोष्टको टाढाबाट बाहरिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको क्रसमा अर्को खेलाडीले त्यसको फाइदा लिन सकेनन् ।

३५ औं मिनेटमा आर्मीकी सुमन हेड प्रहार गोलकिपर दीपक कार्कीले पन्च गरे । ८४ औं मिनेटमा सिक्स यार्ड बक्समा पाएको अवसर जर्ज प्रिन्सले खेर फाले । उता मनाङका विमल रानालले २० औं मिनेटमा मिलाएको पासमा विदेशी खेलाडी अडेवामी फेमी जोसवाले गोल गर्न सकेनन् ।

आजको खेलमा मनाङका दीप कार्की ‘म्यान अफ द म्याच’ भए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज नेपाल र भुटानको छात्रा यू १५ को मैत्रीपूर्ण खेल रहेकाले खेल दशरथ रंगशालामा भएको हो।

लिगको दोस्रो चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच दिउँसो ३ बजे दशरथ रंगशालामै हुनेछ।

पुलिस र थ्री स्टार दुवैले बराबरीका साथ लिगको सुरुवात गरेका थिए। पुलिसले यति हिमालयन शेर्पा र थ्री स्टारले जावलाखेलसँग बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .