ad ad

खेल


पीपीएलः साविक विजेता पोखरा लिग चरणबाटै बाहिरियो

पीपीएलः साविक विजेता पोखरा लिग चरणबाटै बाहिरियो

नेपालखबर
पुस ७, २०७६ सोमबार ८:२२,

साविक विजेता पोखरा पल्टन पोखरा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ।

लिग चरणको अन्तिम खेलमा मंगलबार एक्सपर्ट धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो।

पाखेराले दिएको ८० रनको लक्ष्य धनगढीले ९.१ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो। धनगढीका दीपक पुनियाँले २५ रन जोडे। १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे।

यस्तै रोड्रिगो थोमसले १५ रन जोडे। १० बलमा उनले २ चौका र एक छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा ३ चौकासहित १३ रन जोडे। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा सवै विकेट गुमाएर ७९ रनमै अलआउट भएको थियो। धनगढी ब्लुजका अनिल खरेलले ३ विकेटसहित उत्कृष्ट बलिङ गरेपछि पोखरा सो स्कोरमा खुम्चिएको हो। पोखराका आसिफ सेखले ३२ र विनोद भण्डारीले १२ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

आसिफलाई अनिलले एलबीडब्लुको सिकार बनाउनुअघि २९ बलमा ४ चौका प्रहार गरे। यस्तै विनोदलाई समेत अनिलले नै बोल्ड पारे। विनोदले १५ बल खेल्दै एक चौका प्रहार गरे।

त्यसबाहेक पोखराका कप्तान शरद भेषावकर ४ रनमा हिटविकेट भए। यस्तै कुशल भुर्तेलले ६, कुशल मल्ल र प्रथमेस डाँकेले समान २–२ रनमात्रै बनाउन सकेँ।

पोखराका अनिलले ४ ओभरमा १४ रनमात्रै खर्चिएर ३ विकेट लिए। यस्तै दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले समान २–२ विकेट लिए।

जितसँगै धनगढीको प्लेअफमा पुग्ने सम्भावना बाँकी छ। ५ खेलमा २ जित र ३ मा हार ब्यहोरेको धनगढीको ४ अंक छ। चार खेलमा पराजित हुँदै पुछारमा रहेको पोखरा भने बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .