ad ad

खेल


प्रशिक्षक थापाले एपीएफ छाडे

प्रशिक्षक थापाले एपीएफ छाडे

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १९:५९, काठमाडौँ

नेपाल एपीएफ फुटबल क्लबका टेक्निकल डाइरेक्टर कुमार थापाले राजिनामा दिएका छन्। सशस्त्र प्रहरी बलमा १७ वर्ष ३ महिना बिताएका थापाले व्यक्तीगत कारण देखाउँदै राजिनामा दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

१७ वर्षअघि सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थापा केही महिना अघिमात्र सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएका थिए। 

थापाले लन्डनबाट फुटबल व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए। राष्ट्रिय फुटबल टोलीका पुर्व मिडफिल्डर थापाले एपीएफमा महिला र पुरुष टोलीको मुख्य प्रशिक्षक समेत रहेर काम गरिसकेका छन्।

थापा कै प्रशिक्षणमा नेपालले गत भदौमा साफ महिला च्याम्पियनसिप खेलेको थियो। महिला फुटबलको इतिहासमा नेपालले पहिलो पटक सेमिफाइलनमा भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

थापाले मनाङ मस्र्याङदी क्लबबाट पनि घरेलु फुटबल खेलेका थिए। क्लब फुटबलमा पनि ए डिभिजन लिगमा रेलिगेसन नजिक पुगेको एपीएफलाई उनले नै घटुवा हुनबाट बचाएका थिए। क्लब लाइसेन्स लिइसकेपछि विभागीय टोलीमा पहिलो पटक विदेशी खेलाडी राख्दै उनले एपीएफलाई घटुवा हुनबाट जोगाएका थिए। 

उनकै प्रशिक्षणमा एपीएफ क्लबले २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो। १४ वर्षपछि फाइनल खेलेको एपीएफले मनाङ मर्स्याङदी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराएको थियो। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .