ad ad

खेल


आहाराराको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा थप १० वर्षको सम्झौता नवीकरण

आहाराराको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा थप १० वर्षको सम्झौता नवीकरण

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १७:११, काठमाडौँ

आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले थप १० वर्षको सम्झौता नवीकरण गरेको छ। 

पोखरामा मंगलबार आयोजित एक कार्यक्रममा आयोजक सहारा क्लब र हिमश्री फुड्स प्रालिबीच थप १० वर्षको सम्झौता भएको हो। 

२२ औं संस्करणको आहारारा गोल्डकपको मिति नजिकिएसँगै सहारा र हिमश्रीबीच सम्झौता भएको हो। सम्झौता पत्रमा हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ सुरजले हस्ताक्षर गरे।

विस.२०८८ सम्म भएको सम्झौता अनुसार हिमश्रीले कुल २ करोड ७१ लाख क्लबलाई दिनेछ। 

मुख्य प्रायोजनबापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र २०८८ सालमा २७ लाख रुपैयाँ बुझाउने सहमति भएको छ। प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि प्रत्येक ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र २०८८ मा ७ लाख रुपैयाँ बुझाउने छ। 

२०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षको सम्झौता गरेको हिमश्रीले लगातार सम्झौता गर्दै आएको छ। 

यो बाहेक हिमश्रीले स्व. सूर्यबहादुर केसीको नाममा सहारा फुटबल एकेडेमीलाई गएको २ वर्षदेखि वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्दै आएको छ। १० वर्षसम्मको सो सम्झौताबमोजिम ३० लाख रुपैयाँ प्राप्त भइसकेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए। 

समारोहमा हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बाबु स्व. सूर्यबहादुर केसीको खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गरे। उनीहरुले बाबुको पदचाप आफूहरुले पछ्याएको र आगामी दिनमा समेत सन्ततिले पनि सहारालाई टेवा दिइरहने विश्वास व्यक्त गरे। 

सहारा क्लब पोखराले पहिलो पटक २०५८ सालमा क्याराभान गोल्डकपको नाममा प्रतियोगिता गरेको थियो। 

२०५९ सालदेखि कायम आहारारा गोल्डकपको नाम परिवर्तन गरी हाल ‘आहारारा पोखरा गोल्डकप’ कायम गरिएको हो।

आहारारा पोखरा गोल्डकपको २२ औं संस्करण आगामी पुस १४ देखि पोखरा रंगशालामा हुँदैछ। प्रतियोगितामा १२ टोलीले स्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .