स्कटल्यान्डमा व्यावासायिक फुटबलरहरुलाई खेलभन्दा अघिल्लो दिन र भोलिपल्ट हेडिङ गर्न रोक लगाइने भएको छ। क्लबहरुलाई पनि हप्तामा एक सेसनभन्दा ज्यादा हेडिङको अभ्यास नगराउन भनिएको छ।
खेलको समयमा भने हेडिङको अनुमति दिइएको छ।
भूतपूर्व फुटबल खेलाडीहरु मस्तिष्कसम्बन्धी रोगका कारण मर्ने सम्भावना साढे तीन गुणा ज्यादा रहेको एक अध्ययनले देखाएपछि यस्तो निर्णय लिइएको हो। ग्लास्गो युनिभर्सिटीले सो अध्ययन गरेको थियो।
बारम्बार बल हेडिङ गर्नुसँग यो खोजको सम्बन्ध भएको हुनसक्ने विज्ञहरुको भनाइ छ।
स्कटिस फुटबल एसोसियसनले १२ वर्षभन्दा कम उमेरका बच्चाहरुको ट्रेनिङ हेडिङ प्रतिबन्ध लगाइसकेको छ।
स्कटल्यान्डका ५० क्लबसँगको परामर्शपछि हेडिङसम्बन्धी नयाँ मार्गनिर्देश जारी गरिएको हो। बीबीसी
168
Shares
प्रतिक्रिया