ad ad

खेल


विश्वकपको समूह चरणबाटै बाहिरिने संघारमा वेल्स

विश्वकपको समूह चरणबाटै बाहिरिने संघारमा वेल्स

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ८:५७, काठमाडौँ

वेल्स कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। शुक्रबार भएको खेलमा इरानसँग २–० गोल अन्तरले पराजित भएसँगै वेल्सको अन्तिम १६ मा पुग्ने सम्भावना क्षीण बनेको हो। 

यद्यपि पूर्णरुपमा वेल्सको सम्भावना सकिएको भने छैन। वेल्स माथिल्लो चरणमा पुग्नको लागि उसले अन्तिम खेलमा इंग्ल्याण्डलाई फकाकिलो अन्तरले हराउनुपर्ने हुन्छ।

त्यस्तै उसले समूहका अन्य खेलको अतिजामा पनि निर्भर रहनुपर्ने हुन्छ। समूह बीमा रहेको वेल्स अहिले दुई खेलबाट १ अंकसहित समूहको पुछारमा छ। समूहको शीर्षस्थानमा रहेको इंग्ल्याण्डले समान खेलबाट ४ अंक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको इरानले ३ अंक जोडेको छ भने अमेरिकाले २ अंक हात पारेको छ। 

अन्तिम खेलमा वेल्सले इंग्ल्याण्डलाई हराएर अर्को खेलमा अमेरिका र इरान बराबरीमा रोकिएको अवस्थामा इंग्ल्याण्ड र वेल्स माथिल्लो चरणमा पुग्ने सम्भावना हुन्छ।

यद्यपि अमेरिकाले इरानलाई हराएको अवस्थामा माथिल्लो चरणमा पुग्न वेल्सले इंग्ल्याण्डलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ, जुन गणितीय हिसाबमा मात्र सम्भव देखिन्छ। त्यस्तै इरानले अमेरिकालाई हराएको अवस्थामा पनि वेल्सको सम्भावना सकिनेछ। 

इरान र अमेरिकाको खेलमा स्पष्ट हारजितको नतिजा आए वेल्सलाई माथिल्लो चरणमा पुग्न इंग्ल्याण्डमाथि कम्तीमा ४ गोल अन्तरको जित हात पार्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .