ad ad

खेल


१४१ बल, २७७ रन : तमिलनाडुका यी क्रिकेटरले तोडे अधिकांश मुख्य कीर्तिमान

१४१ बल, २७७ रन : तमिलनाडुका यी क्रिकेटरले तोडे अधिकांश मुख्य कीर्तिमान

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:६, काठमाडौँ

तामिलनाडुका एक क्रिकेटरले लिस्ट ‘ए’ क्रिकेटका अधिकांश कीर्तिमान भंग गरेका छन्। 

बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा अरुणाचल प्रदेशविरुद्ध नारायण जगदीशानले २७७ रन बनाएका थिए जुन पुरुष लिस्ट ‘ए’ क्रिकेटमा अहिलेसम्मकै उच्च व्यक्तिगत रन हो। 

यसअघि सन् २००२ मा ग्लामोर्गानविरुद्ध अलिस्टेर ब्राउनले २६८ कीर्तिमानी रन जोडेका थिए। जगदीशानको २७७ रन सबैखाले लिस्ट ए क्रिकेटकै उच्च स्कोर हो। योसँगै उनले सन् २००७ मा श्रीलंकाको महिला एकदिवसीय प्रतियोगितामा श्रीपाली विराकोडीले पुष्पदाना लेडिजविरुद्ध जोडेको २७१ रनलाई पनि पछि छोडिदिएका छन्। 

त्यस्तै पुरुष लिस्ट ए क्रिकेटमा लगातार पाँच इनिङ्समा शतक हान्ने उनी पहिलो खेलाडी पनि बनेका छन्। यसअघि तीन ब्याटरले लगातार चार शतक हानेका थिए– (सन् २०१४–१५ मा कुमार सांगाकारा, सन् २०१५–१६ मा अल्भिरो पिटरसन र सन् २०२०–२१ मा देवदत्त पादिकाल)।

लिस्ट ए क्रिकेटमा अरुणाचलविरुद्धको खेलमा तामिलनाडु ५ सय बढी रन बनाउने पहिलो टोली पनि बनेको छ। यसअघि यो वर्षको सुरुतिर नेदरल्यान्डविरुद्ध इंग्ल्यान्डले ४ विकेट क्षतिमा ४९८ रन बनाएको थियो। तामिलनाडुले २ विकेट गुमाएर ५०६ रन बनाएको थियो। 

जगदीशानले अरुणाचलविरुद्ध द्विशतक रन लिन ११४ बलको सामना गरे, जुन पुरुष लिस्ट एमा ‘ज्वाइन्ट फास्टेस्ट’को कीर्तिमान हो। गत वर्ष मार्स एकदिवसीय कपमा क्विन्सल्यान्डविरुद्ध ट्राभिस हेडले द्विशतकको लागि ११४ बलको नै सामना गरेका थिए। 

जगदीशानले स्ट्राइक रेटमा पनि कीर्तिमान बनाएका छन्। १४१ बलमा २७७ रन जोड्दा उनको स्ट्राइक रेट १९६.४५ थियो। जुन कुनै पनि द्विशतकको लागि सबैभन्दा धेरै हो। यसअघि ट्राभिस हेडले १८१.१ बनाएका थिए। जतिबेला उनले सन् २०२१ मा क्विन्सल्यान्डविरुद्ध १२७ बलमा २३० रन बनाएका थिए। बाँकी यही फरम्याटका ३६ द्विशतकमध्ये कुनैमा पनि १७५ भन्दा माथि स्ट्राइक रेट बनेको थिएन। 

त्यस्तै अरुणाचलविरुद्ध जगदीशान र बी साई सुदर्शनले पहिलो विकेटका लागि ४१६ रनको साझेदारी गरेका थिए। योसँगै लिस्ट एमा कुनै पनि विकेटका लागि ४०० रनको साझेदारी हालसम्मकै पहिलो हो। यसअघि उच्च रनको साझेदारी क्रिस गेल र मार्लोन स्यामुएल्सले दोस्रो विकेटका लागि सन् २०१५ मा जिम्बाब्वेविरुद्ध गरेका थिए। जुन ३७२ रनको साझेदारी थियो। 

त्यस्तै पुरुष लिस्ट एमा कुनै पनि बलरले आफ्नो १० ओभरका लागि सबैभन्दा धेरै ११४ रन दिनेमा अरुणाचलका चेतन आनन्द पहिलो बने। यसअघि सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीयमा मिक लेविस ११३ रन दिएका थिए। आनन्दले ११४ मध्ये ८८ रन जगदीशानलाई दिएका थिए। जसले ३२ बलमा छ चौका र सात छक्का हानेका थिए। 

विजय हजारे ट्रफी प्रतियोगितामा जगदीशानले पाँच शतक हाने जुन यो प्रतिस्पर्धाको कुनै पनि संस्करणमा कुनै पनि ब्याटरले हानेभन्दा धेरै हो। विराट कोहली (२००८–०९), देवदत्त पादिकाल (२०२०–२१), पृथ्वी श (२०२०–२१) र रुतुराज गाइक्वाद (२०२१–२२) सबैमा चार शतक बनेका थिए। 

२७७ रनको इनिङमा जगदीशानले हानेको १५ छक्का विजय हजारे ट्रफी इनिङ्सकै सबैभन्दा धेरै हो। त्यस अघिसम्म सन् २०१९–२० सिजनमा झारखण्डविरुद्ध यशस्वी जैसवालले २०३ रन बनाउने क्रममा हानेको १२ छक्का नै कीर्तिमानी थियो। 

जारी प्रतियोगिताको दौडान जगदीशानले बनाएको ७९९ रन विजय हजारे ट्रफीको कुनै पनि संस्करणमा कुनै पनि ब्याटरले बनाएको दोस्रो धेरै रन हो। सबैभन्दा धेरै रनको कीर्तिमान भने सन् २०२०–२१ सिजनमा पृथ्वी शले बनाएको ८२७ रन नै रहेको छ। 

अरुणाचलविरुद्ध तामिलनाडुका लागि ४३५ को रन मार्जिन बनेको थियो। जुन लिस्ट एमा सबैभन्दा ठूलो अन्तरको जित हो। यसअघि समरसेटका लागि सन् १९९० मा ३४६ रन अन्तरको जितले कीर्तिमान बनेको थियो जतिबेला उनीहरुले डेभनलाई ६७ रनमै अल आउट गरेका थिए। उक्त खेलमा उनीहरुले ४ विकेट गुमाएर ४१३ रन बनाएका थिए। ईएसपीएनक्रिकइन्फोबाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .