पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर सिटी जाने भएका छन्। पछिल्लो समय म्यानचेष्टर युनाइटेडमा रहेका रोनाल्डो खराब समयबाट गुज्रीरहेका छन्।
रोनाल्डोले एक टेलिभिजन अन्तवार्तामा आफुलाई क्लबले धोका दिएको बताएका थिए।
बुधबार सार्वजनिक अन्तवार्ताको पहिलो अंशमा उनले वल्र्ड ट्राफोर्डका आफ्ना अनुभवहरु सुनाएका छन्।
इमानदारीपुर्वक सिटीसँग जोडिने कुराको नजिक छु म। रोनाल्डो ११ वर्षपछि रियल मड्रिड छाडेर युभेन्ट्स पुगेका थिए। २०२१ मा उनी युनाइटेड पुगेका थिए।
यता प्रशिक्षक पेप ग्वार्डिओलाले रोनाल्डो सिटी आउन चाहेको पुष्टि गरेका छन्। यो विषयमा पूर्व प्रशिक्षक एलेक्स फर्गुसनसँग कुरा गरेर उनीसँगको सम्झौताको कुरा अघि बढ्ने उल्लेख गरेका छन्।
३७ वर्षीय रोनाल्डोले थपे, ‘तपाइँहरुलाई थाहा नै छ। म्यानचेष्टर युनाइटेडमा मेरो इतिहास, तपाइँहरुको भावना यो सबै फरक कुरा हुन्।
मैले सर एलेक्स फर्गुसनसँग कुरा गरेको थिएँ’, उनले भने, ‘तिमी म्यानचेष्टर सिटी आउने कुरा असम्भव छ, र मैले भने, ठिक छ बोस।’
Shares
प्रतिक्रिया