खेल


युनाइटेडले गर्न सक्छ रोनाल्डोसँगको सम्झौता रद्द

युनाइटेडले गर्न सक्छ रोनाल्डोसँगको सम्झौता रद्द

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ८:४५, काठमाडौँ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पछिल्लो अन्तर्वाताको विषयलाई लिएर क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता रद्द गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

रोनाल्डोले पछिल्लो समय आफूलाई क्लबले धोका दिएको भन्दै पिएर्स मोर्गानमा अन्तर्वाता दिएका थिए। उनले आफू क्लबसँग खुसी नरहेको र क्लबका सदस्यहरुले आफूलाई  निकाल्न खोजेको आरोप पनि लगाएका थिए। 

रोनाल्डो नयाँ सिजन सुरु हुनुअघि नै अर्को क्लबमा जान चाहन्थे। त्यसका लागि उनका एजेन्सी जर्ज मेन्डेसले विभिन्न क्लबसँग कुरा पनि गरेका थिए। तर, चेल्सी र बार्यन म्युनिखजस्ता टोलीले उनलाई लिन चाहेनन्।

पछिल्लो समय उनको र प्रशिक्षक एरिक टेन हगसँगको विवाद सतहमा आएको छ। रोनाल्डोले उनले आफूलाई कुनै सम्मान नदिएकाले उनलाई पनि आफूले सम्मान नदिने बताएका छन्। 

फुटबल अधिवक्ता  डेभिड सेलिगमेनका अनुसार युनाइटेडले अब रोनाल्डोको सम्झौता रद्द गर्न सक्छ। त्यतिमात्र होइन, रोनाल्डोसँगको सम्बन्ध पुनः सुधार हुने अपेक्षामा क्लबले उसलाई अर्को क्लबमा जानबाट पनि रोक्न सक्छ।

रोनाल्डोले सम्झौता अवधिमा कम्पनीको नियमको उल्लंघन गर्दै अन्तर्वार्ता दिएको आरोपमा उनीसँगको सम्झौता रद्द गर्न सक्ने उनको भनाइ छ।

रोनाल्डोकै कारणले सम्झौता रद्द गर्नुपरेको अवस्थामा युनाइटेडले खेलाडीको रजिस्ट्रेसन भने कायम राखेर अर्को क्लबले उनलाई लिन खोज्दा क्षतिपूर्तिमा भने दाबी गर्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .