खेल


टी–२० विश्वकप : फाइनलमा पहिला ब्याटिङ गर्दै पाकिस्तान

टी–२० विश्वकप : फाइनलमा पहिला ब्याटिङ गर्दै पाकिस्तान

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:१४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ। 

मेलवर्नमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्ने भएको हो। 

इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। 

पाकिस्तानले भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो।

यसपटककको विश्वकपमा दुवै टोलीले महत्वपूर्ण खेलमा राम्रो  प्रदर्शन गरेका छन्। त्यसैले फाइनल खेल कसको पक्षमा जाला भन्ने आकलन गर्न कठिन हुने देखिएको छ। इंग्ल्याण्डले ब्याटिङमा आफूलाई अब्बल साबित गरेको छ भने पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ। त्यसैले आइतबारको खेल ब्याटिङ भर्सेस बलिङको हुन सक्छ। 

आक्रामक ब्याटिङ प्रदर्शन गर्दै आएको इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध १७९ रनको योगफल तयार पारेको थियो भने सेमिफाइनलमा सनसनीपूर्ण ब्याटिङ गर्दै १६ ओभरमा नै १७० रन बनाएको थियो। 

पाकिस्तानले पनि आक्रामक बलिङ प्रस्तुत गर्दै आएको छ। पाकिस्तानका मुख्य बलर शाहिन शाह अफ्रिदी र लेग स्पिनर शहाब खानले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै आएका छन्। 


जारी विश्वकपमा कुनै पनि टोलीले पाकिस्तानविरुद्ध १६० भन्दा धेरै रन बनाउन सकेका छैनन्। यसबाट पनि पाकिस्तानको बलिङ आक्रमणबारे अनुमान गर्न सकिन्छ।

पाकिस्तानका यी दुवै बलरले समान १० विकेट लिएका छन्। ह्यारिस रउफले ६ तथा  मोहम्मद वासिमले सात विकेट लिएका छन्। नासीम शाहले पनि ६ विकेट लिएका छन्। त्यसैले पनि आइतबारको खेलमा इंग्ल्याण्डको लागि पाकिस्तानको बलिङ टाउको दुखाइ बन्न सक्छ।

 इंग्ल्याण्डको ब्याटिङमा पनि ओपरद्वय एलेक्स हल्स र जोस बटलर उत्कृष्ट लयमा छन्। यी दुई ब्याटरलाई आउट गर्नु आइतबारको खेलमा पाकिस्तानको चुनौती हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad