नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको छ।
सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सन् २०२७ मा हुने यू–१९ विश्वकप आयोजकको नाम सार्वजनिक गरेको हो।
आईसीसीका अनुसार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्नेछ। सन् २०२४ को यू–२४ पुरुष विश्वकप श्रीलंका र २०२६ को विश्वकप जिम्बावे र नामिबियाले गर्नेछन्।
सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।
33
Shares
प्रतिक्रिया