अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ।
समूह एको उपविजेताको हैसियतमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको विजेता हो।
समूह चरणको खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने अन्य सबै खेलमा जित हात पारेको थियो।
समूह एको उपविजेता इंग्ल्याण्डले भने आयरल्याण्डसँग डक अफ वर्थ लेभिस नियमअनुसार ५ रनको पराजयको सामना गरेको थियो। त्यस्तै अष्ट्रेलियासँगको खेल वर्षाको कारण रोकिएको थियो। अन्य खेलमा भने उसले जित हात पारेको थियो।
बिहीबार हुने खेल जित्ने टोलीले फाइनलमा उपाधिको लागि पाकिस्तानसँग भिड्नेछ। बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
Shares
प्रतिक्रिया