खेल


सिक्किमको पोष्टमा आर्मीको १० गोल

सिक्किमको पोष्टमा आर्मीको १० गोल

नेपालखबर
पुस २, २०७६ बुधबार १०:४०,

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटवल अन्तर्गत बुधबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाहुना टोली सिक्किम युनाइटेडलाई ० का विरुद्ध १० गोल गरेको छ।

आर्मीका लागि रश्मी घिसिङले ४, शर्मिला थापा र सपना लामाले २/२ र अञ्जली वाइवा र दिपा राईले १/१ गोल गरेका थिए।

खेलको प्लेयर अफ द म्याच रश्मी घिसिङ भइन्।

प्रदेश १ विरुद्ध एपीएफकाे ९ गाेल

आजै भएकाे अर्काे खेलमा प्रदेश १ लाई सशस्त्र प्रहरीकाे एपीएफ क्लबले ० का विरुद्ध ९ गाेल गरेकाे छ। एपीएफका लागि साबित्रा भण्डारीले ४ अनिता बस्नेतले ३ तथा अनु लामा र रेनुका नगरकाेटीले १/१ गाेल गरे।

खेलकाे प्लेयर अफ द म्याच अनिता बस्नेत भइन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad