ad ad

खेल


छिमेकी बंगलादेशविरुद्ध भारत ५ रनले विजयी

छिमेकी बंगलादेशविरुद्ध भारत ५ रनले विजयी

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १८:१०, काठमाडौँ

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा भारतले छिमेकी बंगलादेशलाई ५ विकेटले हराएको छ।

एडिलेडमा टस हारेर पहिले ब्याटिङमा उत्रेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

तर वर्षाका कारण खेललाई १६ ओभरमा छोट्याएर दिइएको १५० रनको नयाँ चुनौती बंगलादेशले भेट्टाउन नसकेको हो। उसले पूरै १५ ओभर खेल्दै ६ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाउन सक्यो।

भारतका लागि सर्वाधिक ६४ रन विराट कोहलीले बनाए। उनले ४४ बलमा ६४ रनको पारी खेले।

अर्कातिर केएल राहुलले पनि उत्कृष्ट लय समात्दै ३२ बलमा ५० रन बनाउन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .