खेल


टी२० विश्वकप : बंगलादेशसँग हार्‍यो जिम्बाबे

टी२० विश्वकप : बंगलादेशसँग हार्‍यो जिम्बाबे

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १२:३९, काठमाडौँ

अष्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले जिम्बाबेमाथि ३ रनको जित हात पारेको छ।

आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो। बंगलादेशलाई सम्मानजनक स्कोरमा पुर्‍याउने क्रममा नाजमुल हुसेन शान्टोले सर्वाधिक ७१ रन बनाएका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको जिम्बाबेका लागि सिन विलियम्सले ६४ रनको पाली खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन्। बंगलादेशका लागि तस्किन अहमदले ३ विकेट लिएका थिए। 

यससँगै बंगलादेशले ३ खेलबाट ४ अंक बनाएको छ। अब उसले भारत र पाकिस्तानसँग खेल्न बाँकी छ। यी दुई टोलीसँगको खेलले बंगलादेशको माथिल्लो चरणको यात्रा तय गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad