नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण पदक जितेको छ।
पोखरा रगंशालामा बिहिबार सम्पन्न खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले तथा महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण पदक जितेको हो।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले रजत पदक जितेका छन्।
आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला पुरुष दुवैतर्फको विजेता हो।
15
Shares
प्रतिक्रिया