ad ad

खेल


भारत्तोलनमा तारादेवी पुनको राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक

भारत्तोलनमा तारादेवी पुनको राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक

नेपालखबर
कात्तिक २, २०७९ बुधबार ६:५६, काठमाडौँ

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा नेपाल प्रहरीकी तारादेवी पुनले तीनवटा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी छिन्। 

महिला ८१ केजी तौल समूहमा पुनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन्।

यो स्पर्धामा यसअघि लक्ष्मी बलमे १३औं दक्षिण एसियाली खेलकुद सागमा स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

तीन वटा राष्ट्रिय कीर्तिमान बनाएकी पुन राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी हुन्। उनले २०५५ मा मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जितेकी थिइन्।

नेपाल पुलिसमा अनुबन्ध भएयता भारोत्तोलन खेल्न थालेकी उनले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन्। १०० किलो भन्दा बढी भार वहन गर्ने उनी एकमात्र नेपाली महिला खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .