नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा बिहिबार दुई समुहगत खेलको स्वर्णको टुङ्गो लागेको छ।
पोखरा रगंशालास्थित ब्याडमिन्टन कर्भडहलमा भएको महिला फोयलमा एपीएफले स्वर्ण पदक जितेको छ। एपीएफले बागमती प्रदेशलाई हराउँदै क्लबका लागि दोस्रो स्वर्ण पदक दिलाएका हुन्।
एपीएफका अनिता अधिकारी, उर्मिला माझी, मनिषा राई र मन्दिरा थापाले स्वर्ण दिलाए।
बागमती प्रदेशलाई गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगीता लम्सालले रजत दिलाएका छन्। फेन्सिङमा बागमति प्रदेशले दोस्रो रजत जितेको हो।
आर्मी र गण्डकी प्रदेश भने कास्यमा सिमित भए। आर्मीको टोलीमा कल्पना मगर, रमा कुमारी सिंह, सुस्मिता तामाङ र मनिषा थापा छन्।
आयोजक गण्डकीलाई दिपीशा गुरुङ, अस्मिता मगर, सुविना मगर र मिरा पुनले कास्य पदक दिलाए।
15
Shares
प्रतिक्रिया