नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ।
45
Shares
प्रतिक्रिया