ad ad

खेल


प्रधानसेनापति महिला फुटबल: उद्घाटन खेलमा नेपाल आर्मी र प्रदेश १ भिड्ने

प्रधानसेनापति महिला फुटबल: उद्घाटन खेलमा नेपाल आर्मी र प्रदेश १ भिड्ने

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ७:२९,

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल आर्मी र प्रदेश १ भिड्दै छन्। खेल काठमाडौको भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा दिउँसो २ बजे सुरु हुनेछ।

तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ।

प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .