ad ad

खेल


दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार १७:५९, काठमाडौँ

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ।

शनिवार दसैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो। कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्ड लगायतका कलाकारहरुले प्रस्तुती दिएका छन्।

कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो। आयोजकले कन्सर्टमा २० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा राखेको थियो।

सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ।

महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .