इंग्ल्याण्डविरुद्धको पाँचौं टी२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डमाथि ६ रनको जित हात पारेको छ।
बुधबार राति लाहोरस्थित क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रनको पाली खेलेका थिए। अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
इंग्ल्याण्डका लागि मार्क वुडले तीन विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो।
इंग्ल्याण्डका लागि कप्तान मोइन अलीले अविजित ५१ रनको पाली खेले पनि त्यो जितको लागि पर्याप्त हुन सकेन।
यससँगै पाकिस्तानले टी२० सिरिजमा ३–२ को अग्रता लिएको छ।
असोज १३, २०७९, बिहीबार
60
Shares
प्रतिक्रिया