विमल घर्तीमगरसहितका चार खेलाडीलाई अनुशासन विपरित कार्य गरेको भन्दै एन्फाले कारवाही गरेको छ।
एन्फाको अनुशासन समितिले गत पुस २ गते फिफा विश्वकप अन्तर्गत कुवेतविरुद्धको खेलअघि राति डिस्को गएर मदिरा सेवन गर्दै अनुशासन विपरित कार्य गरेको भन्दै विमलसहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गरेको हो।
एन्फाले उक्त घटनापछि गरेको अनुसन्धान पछि शुक्रबारदेखि लागु हुने गरि विमल र दिनेशलाई ९० दिनको र अन्जन तथा सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको हो।
यस्तै चारै खेलाडीलाई एन्फाले ५० हजार जरिवाना पनि तिराउने भएको छ।
प्रतिक्रिया