ad ad

खेल


यूरोपेली फुटबल नियामकद्वारा पीएसजीसहित आठ क्लबलाई जरिवाना

यूरोपेली फुटबल नियामकद्वारा पीएसजीसहित आठ क्लबलाई जरिवाना

नेपालखबर
भदौ १८, २०७९ शनिबार ६:५३, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) सहितका आठ क्लबलाई युरोपेली फुटबल नियामक निकाय यूईएफएले वित्तीय फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरेको छ।

पीएसजीलाई यूईएफएले विना कुनै शर्त एक करोड युरो जरिवाना बुझाउन निर्देशन दिएको छ। साथै उसले भविष्यमा ६ करोड ५० लाख डलरसम्म बुझाउनुपर्ने हुन सक्ने यूईएफएले बताएको छ। 

यूईएफएका अनुसार क्लबहरुलाई आम्दानीभन्दा धेरै खर्च गर्न नपाउने नियम राखिएको छ।

सोही नियम उल्लंघनको आरोपमा उक्त क्लबहरुलाई जरिवाना गरिएको हो। जरिवानामा पर्ने अन्य क्लबहरुमा एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, बेसिक्टास, मार्सिल्ले र मोनाको छन्। 

त्यस्तै यूईएफएले थप १९ क्लबलाई भने नजिकबाट निगरानी गरिरहेको भन्दै चेतावनी दिएको छ। जसमा चेल्सी, लिस्टर सिटी, म्यानचेस्टर सिटी, वेस्ट ह्याम र रेन्जर्सलगायतका टोली छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .