लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टोउलोउसमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
बुधबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको ३७ औं मिनेटमा नेयमार, ५० औं मिनेटमा किलियान एमबाप्पे र ९० औं मिनेटमा जुआन बर्नाटले गोल गरेका थिए।
लिग वानको नयाँ सिजनमा पीएसजीको लागि यो चौथो जित हो। पीएसजीले ५ खेलबाट १३ अंक जोडेको छ।
141
Shares
प्रतिक्रिया