खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई एक गोलको अग्रता दिलाएका हुन्।
हाल दशरथ रंगशालामा फाइनल खेल भइरहेको छ।
नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।
नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।
हालसम्मको १३ औं साग तालिकाअनुसार नेपालले ४९ स्वर्ण हात पारिसकेको छ। नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।
3
Shares
प्रतिक्रिया