चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन्।
चेन्चो भुटानका रोनाल्डोको रुपमा परिचित खेलाडी हुन्।
स्वर्णका लागि यतिबेला दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल भइरहेको हो।
यसअघि खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई सुरुवाती गोलको अग्रता दिलाएका थिए।
नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।
नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।
नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।
6
Shares
प्रतिक्रिया