ad ad

कारोबार


मानव विकास सूचकांकमा नेपालकाे सुधार

मानव विकास सूचकांकमा नेपालकाे सुधार

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ९:१४,

मानव विकास सूचकांकमा नेपाल माथि उक्लिएको छ। युएनडीपीले सार्वजनिक गरेको सूचकांकमा नेपाल गत वर्षको तुलनामा माथि आएको हो।
गत वर्ष १४९ औं स्थानमा रहेको नेपाल यस वर्ष १४७ औं स्थानमा उक्लिएको छ। नेपालसँगै केन्या १४७ औं स्थानमा छ। यो मध्यमस्तरको सुचकांक हो।

१८९ मुलुक मध्ये मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।
छिमेकी मुलुक भारत १२९ स्थानमा रहेको छ भने चीन ८५ औं स्थानमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपीं) को मानव विकास सुचकांकमा नेपालको ०.५७९ अंक रहेको छ । गत वर्ष ०.५७४ अंक रहेको थियो।
सन् २०१९को रिपोर्ट अनुसार मानव विकास सुचकांकमा १ नम्बरमा रहेको नर्वेको ०.९५४ अंक रहेको छ। छिमेकी मुलुक चीनको ०.७५८ अंक रहेको छ भने भारतको ०.६४७ अंक रहेको छ।

दक्षिण एशियाका अन्य मुलुकहरुमा श्रीलंका सबैभन्दा माथि रहेको छ। ७१ औं स्थानमा रहेको मानव विकास सुचकांकमा ०.७८० अंक रहेको छ । १०४ स्थानमा रहेको माल्दिभसको ०.७१९ अंक रहेको छ। १३४ स्थानमा रहेको भुटानको ०.६१७ अंक रहेको छ भने नेपाल भन्दा माथि रहेको बंगलादेश १३५ औं स्थानमा रहेको छ। जसको मानव विकास सुचकांकमा ०.६१४ अंक रहेको छ।

मानव विकास सुचकांकमा नेपाल भन्दा पछि रहेको पाकिस्तान १५२ औं स्थानमा रहेको छ भने अफगानिस्तान १७० औं स्थानमा रहेको छ। पाकिस्तानको ०.५६० अंक रहेको छ भने दक्षिण एसियाको पुच्छरमा रहेको अफगानिस्तानको ०.४९६ अंक रहेको छ। 

सूचकांकको १८९ औं स्थानमा नाइजेरिया रहेको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .