ad ad

खेल


लयमा रियल मड्रिड, सेल्टामाथि फराकिलो जित

लयमा रियल मड्रिड, सेल्टामाथि फराकिलो जित

नेपालखबर
भदौ ५, २०७९ आइतबार १२:४, काठमाडौँ

जारी सिजन रियल मड्रिडले लगातार दोश्रो जित दर्ता गरेको छ। 

गएराति सेल्टाभिगोलाई उसैको मैदानमा ४–१ ले पराजित गरेको हो। ब्राजिलियन मिडफिल्डर क्यासिमिरोको बिदाई पछि पनि रियलले लय कायम राखेको हो। 

यसैसाता क्यासिमिरोलाई म्यानचेस्टर युनाइटेडमा बेचेको थियो। उनको ठाउँमा चाउमिनिलाई खेलाएको रियलको मिडफिल्डमा अर्का स्टार टोनी क्रुस पनि टोलिमा थिएनन्। 

खेलको १४ औं मिनेटमा बेन्जेमाको पेनाल्टि गोलमार्फत रियलले अग्रता बनाए पनि २३ औं मिनेटमा सेल्टाले पनि पेनाल्टि पायो। जसमा लागो आसपासले गोल गर्दै खेल बराबरी गरेका थिए। 

तर ४१ औं मिनेटमा लुका मड्रिकले गोल गर्दै पहिलो हाफमै टोलिलाई पुनः अग्रता दिलाए। दोश्रोहाफमा रियलले थप दुई गोल थप्यो। ५६ औं मिनेटमा भिनिसियस जुनियर र ६६ औं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई फराकिलो जित दिलाएका हुन्। 

शनिबार राति नै रियल बेटिसले मलोर्कामाथि २–१ तथा ओसासुनाले कार्डिजमाथि २–० को जित दर्ता गरे। ६ अंकससहित साविक विजेता मड्रिड शीर्षस्थानमा छ। 
आइतबार राति एथ्लेटिको मड्रिड र भिल्र्लारियल तथा रियल सोसिडाड र बार्सिलोना भिड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .