NepalKhabar NepalKhabar

खेल


बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा शिवानी श्रेष्ठलाई प्रायोजन गर्दै

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा शिवानी श्रेष्ठलाई प्रायोजन गर्दै

नेपालखबर
भदौ ३ , काठमाडौँ

बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा सहभागी हुन गाइरहेकी छन्। 

सो प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएको छ।

सो–क्यूकोसिन करातेद्वारा २०१९ मा प्लेयर अफ द एअर अवार्डबाट सम्मानित भएकी श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन्।

दुई पटकसम्म वीर गणेश मान सिंह मेमोरियल किक बक्सिङ च्याम्पियनसिपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन्। यस्तै, सन २०२१/२०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन्।

बिजबजारले शिवानी श्रेष्ठलाई यस प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ। अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो।

बिजबजार व्यवस्थित, डिजिटल(मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।
 

भदौ ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.