सोमबार ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण जितेसँगै नेपालले बक्सिङमा दोस्रो स्वर्ण जितेको हो।
भुपेन्द्रले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।
यसअघि मिनु गुरुङले सोमबार नै भारतकी बक्सरलाई पराजित गर्दै ५४ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। उक्त स्वर्ण १३ औं सागको बक्सिङको पहिलो स्वर्ण थियो।
यस जितसँगै नेपालको स्वर्ण संख्या ४७ पुगेको छ।

प्रतिक्रिया