तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ। भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ।
आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ।
नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ। यस्तै श्रीलंका ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बंगलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।
साग पदक तालिका
देश स्वर्ण कास्य रजत जम्मा
भारत १३१ ७७ ४० २४८
नेपाल ४५ ४४ ७५ १६४
श्रीलङ्का ३४ ६६ ९३ १९३
पाकिस्तान २८ ३४ ४३ १०५
बङ्गलादेश ८ २८ ६६ १०२
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ९ ९
नेपालले जितेका स्वर्ण पदकहरु
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६. तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२१. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
२२. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ
२३. ट्रायथलन – सोनी गुरुङ
२४. डुवाथोलन – हिमाल टमाटा
२५. उसु (थाउलो) – विजय सिन्जाली
२६. उसु (थाउलो) – सुस्मिता तामाङ
२७. उसु (थाउलो)– दीपक हमाल
२८. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर
२९. उसु (५६ केजी) – जुनी राई
३०. एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
३१. एथ्लेटिक्स (म्याराथन) - किरण बोगटी
३२. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की
३३. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३४. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ
३५. साइक्लिङ (डाउनहिल) – राजेश मगर
३६. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
३७. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी
३८. भारोत्तोलन (८९ केजी) – विकास थापा
३९. गल्फ – सुवास तामाङ
४०. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४१. कुस्ती(महिला ५५ केजी तौल)- संगीता धामी
४२. पौडी (२०० मिटर ब्याकस्ट्रोक): गौरिका सिंह
४३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
४४. पौडी (४ सय मिटर फ्रि स्टाइल)- गौरिका सिंह
४५. जुडो (महिला ५२ केजी)- देविका खड्का

प्रतिक्रिया