खेल


महिला फूटबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

महिला फूटबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ३:४५,

१३‌ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज महिला फूटबल तर्फ फाइनल प्रतिस्पर्धा हुँदैछ।

पोखरा रंगशालामा दिउँसो १ बजे हुने प्रतिस्पर्धामा नेपाल र भारत भिड्दैछन्।

त्यसैगरी पुरुष क्रिकेटको फाइनल खेल पनि आजै हुँदैछ। त्रिबी क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

आजै बास्केटबलमा महिला र पुरुष दुवैतर्फ सेमिफाइनलका खेलहरु हुँदैछन्। जुडोतर्फ जुडोतर्फ महिला ७० र ७८ केजी मुनी तथा ७८ केजी माथि ३ स्वर्णपदकको छिनोफानो हुनेछ।

आज सकिने कुस्ती खेलमा १ सय २५ केजी पुरुष र ६८ केजी महिलातर्फ दुई प्रतिष्पर्धा हुँदैछन्। टेनिसमा पनि आज महिला र पुरुषतर्फ फाइनल खेल हुनेछ।

नेपालले अहिलेसम्म ४५ स्वर्ण, ४५ रजत र ७६ काश्यसहित कूल १ सय ६६ पदक जितेको छ। भारत १ सय ३५ स्वर्ण, ७९ रजत र ४१ काश्यपदक सहित २ सय ५५ पदकसहित तालिकाको शीर्ष स्थानमा छ।

तेस्रो स्थानको श्रीलंकाले ३६ स्वर्ण, ६९ रजत र ९३ काश्यसहित कूल १ सय ९८ पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad