लक्षण देखिनुभन्दा अघि नै सम्भावित रोग पहिचान गर्नका लागि प्रयोग गरिने विधि स्क्रिनिङ हो।
सामान्यतया क्यान्सर रोग पत्ता लगाउन स्क्रिनिङको प्रयोग गरिन्छ।
क्यान्सर हुनसक्ने अबस्थाको विरामी पहिचान भएमा शतप्रतिशत उपचार गर्न सकिन्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा क्यान्सर रोग विशेषज्ञ डा रश्मी पुन गुरुङले लेखेकी छन्।
परिवारका कुनै सदस्यमा कुनै किसिमको क्यान्सर भएमा अन्यमा पनि यो समस्या हुन सक्छ।
त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्क्रिनिङ अर्थात् चेकजाँच गर्न सकिन्छ।
सामान्यतया ५० वर्षभन्दा माथि र धुम्रपान छाडेको १५ महिनाभन्दा बढी भएका व्यक्तिले क्यान्सरको स्क्रिनिङ गर्न स्क्छन्।

प्रतिक्रिया