नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिगबास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्।
बिगबासले सार्वजनिक गरेको २०२२–२३ को ड्राफ्टमा सन्दीप पनि रहेका छन्। बीबीएलमा नेपालबाट कप्तान सन्दीप मात्र परेका छन्।
डाफ्टमा १३ देशका १ सय ६९ खेलाडीको नाम दर्ता भएको छ। बीबीएलको ड्राफ्ट २८ अगष्टमा सिड्नीमा हुने तालिका छ।
सन्दीपले सन् २०१८ बाट बीबीएल खेलिरहेका छन्। यसअघि सन्दीपलले होबार्ट हरिकेन्सबाट लिग खेलेका थिए।
होबर्टबाछ सन् २०२०–२१ र ०२१–२२ को सिजनमा गरेर २२ विकेट झारेका थिए।
त्यसअघि मेलबर्न स्टार्समा दुई सिजन बिताएका थिए। मेलवर्नमा २०१९–२० र २०१८ मा गरेर सन्दीपले २६ विकेट लिएका थिए।
साउन १८, २०७९, बुधबार
प्रतिक्रिया