ad ad

खेल


लुईस सुआरेज क्लब नासिनलमा फर्किए

लुईस सुआरेज क्लब नासिनलमा फर्किए

नेपालखबर
साउन १२, २०७९ बिहिबार १५:११, काठमाडौँ

लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड लुईस सुआरेज पूर्वक्लबमा फर्किएका छन्। 

उरुग्वेका फरवार्ड सुआरेज क्लब नासिनलमा अनुबन्ध भएका हुन्। नासिनल सुआरेजको पहिलो क्लब हो। 

एथलेटिको मड्रिड छाडेपछि क्लबविहीन रहेका ३५ वर्षीय सुआरेजलाई फ्रि ट्रान्सफर मार्फत पूर्व क्लबले अनुबन्ध गरेको हो।

क्लबमा अनुबन्ध भएपछि सुआरेजले भने, ‘मलाई गर्व लागिरहेको छ, मैले फेरि नासिनलको जर्सी लगाउन पाएँ। सबै सर्मथकलाई धन्यवाद फेरि भेट्ने छौँ।’ 

सुआरेजले सन् २००५ मा नासिनलमा डेब्यु गरेका थिए। उरुगूयान लिगका २७ खेलमा उनले १८ गोल गरेका थिए।

उरुग्वेका लागि सुआरेजले १६८ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .