ad ad

खेल


साफ यू–२० च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

साफ यू–२० च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १३:४१, काठमाडौँ

भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। 

भुवनेश्वरमा हुने च्याम्पिनयसिपका लागि नेपाली टोलीआज त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै विदाइ गरेको हो। 

भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य छन्। नेपाली टोलीको कप्तानी आयुष घलानले गर्नेछन्। २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएपछि उनको स्थानमा रोहित सुब्बालाई समेटिएको छ। 

मैत्रीपूर्ण खेलका दौरान विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–० ले पराजित भएको खेलमा दिपेशले चोट बोकेका थिए। उनी तिन महिना मैदान बाहिर रहनेछन्। उनको दायाँ खुट्टाको एंकल फ्याक्चर भएको छ। 

च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्। पाँच टोली सहभागी च्याम्पिनयसिप राउण्ड रोबिनमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। 

नेपालले आगामी साउन ९ गते मालदिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ११ गते श्रीलंकासँग, १५ गते घरेलु टोली भारतसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा १७ गते बंगलादेशसँग खेल्नेछ। 

नेपाली यू २० टोली
गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
डिफेन्डर– अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – रोहित सुब्बा, निराजन मल्ल, रोशन खड्गी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .