भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
भुवनेश्वरमा हुने च्याम्पिनयसिपका लागि नेपाली टोलीआज त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै विदाइ गरेको हो।
भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य छन्। नेपाली टोलीको कप्तानी आयुष घलानले गर्नेछन्। २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएपछि उनको स्थानमा रोहित सुब्बालाई समेटिएको छ।
मैत्रीपूर्ण खेलका दौरान विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–० ले पराजित भएको खेलमा दिपेशले चोट बोकेका थिए। उनी तिन महिना मैदान बाहिर रहनेछन्। उनको दायाँ खुट्टाको एंकल फ्याक्चर भएको छ।
च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्। पाँच टोली सहभागी च्याम्पिनयसिप राउण्ड रोबिनमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।
नेपालले आगामी साउन ९ गते मालदिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ११ गते श्रीलंकासँग, १५ गते घरेलु टोली भारतसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा १७ गते बंगलादेशसँग खेल्नेछ।
नेपाली यू २० टोली
गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – रोहित सुब्बा, निराजन मल्ल, रोशन खड्गी
Shares

प्रतिक्रिया