ad ad

खेल


राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी टिम च्याम्पियन

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी टिम च्याम्पियन

नेपालखबर
असार ३०, २०७९ बिहिबार २०:५०, काठमाडौँ

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेश १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदक जित्दै च्याम्पियन बनेको हो। 

बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जित्दै दोस्रो स्थानमा रह्यो। ८ स्वर्ण, ९ रजत र ८ कांस्य जितेको सुदूरपश्चिम प्रदेशले तेस्रो भयो। गण्डकी र कर्णाली प्रदेशले समान ५ स्वर्ण पदक जिते। प्रतियोगितामा कुल ५० स्वर्णका लागि स्पर्धा भएको थियो। 

प्रतियोगिताका अवधीमा बनेका ४ कीर्तिमान लुम्बिनी प्रदेशको नाममा रह्यो। लुम्बिनीकी निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन्। छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई पछी पारिन्। 

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन्।  त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४।२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन्।  छात्र लङजम्पमा सुदिप थारुले ६।६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले स्पर्धा गरेका थिए। 

प्रतियोगिताको आज अन्तिम दिनको स्पर्धामा भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमती प्रदेशले उपाधि जिते। त्रिपुरेश्वरिस्थत कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पाखा लगायो।  कर्णाली प्रदेश तेश्रो भयो। छात्रातर्फ बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले पराजित गर्यो।  गण्डकी प्रदेश तेश्रो बन्यो।

कबड्डीतर्फ छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो। ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो। लुम्बिनी ६ अंकमा दोश्रो भयो। छात्रामा सुदूरपश्चिम च्याम्पियन बन्यो। छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। 

मार्सल आट्र्समा भने बागमति प्रदेशको दबदबा रह्यो। कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .