आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
स्कटल्याण्डको माक्बस्डन न्यु ग्राउण्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। एक दिवसीय खेलमा नेपाल र नामिबिया पहिलो पटक खेल्न लागेका हुन्।
आजको खेलमा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतो बेन्चमा छन्। त्रिकोणात्मक सिरिज मार्फत युवा बायाँ हाते स्पिनर बसिर अहमदलाई डेब्यु गरेका छन्। एक दिवसीय खेलमा डेब्यु गर्ने बसिर ३३ औँ खेलाडी हुन्।
सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन्। नेपाल लिग–२ का १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ।
Shares
प्रतिक्रिया