ad ad

खेल


जोकोभिचलाई विम्बल्डन उपाधि

जोकोभिचलाई विम्बल्डन उपाधि

नेपालखबर
असार २७, २०७९ सोमबार ६:३३, काठमाडौँ

नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्। शीर्ष वरीयताका सर्वियन खेलाडीले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै सातौंपटक विम्बल्डनको उपाधि हात पारेका हुन्। 

जोकोभिचको लागि यो २१ औं ग्रान्डस्लाम उपाधि हो। यससँगै ग्रान्डस्लाम उपाधिको दौडमा उनले स्वीस खेलाडी रोजर फेडेररलाई पछि पारेका छन्।

फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्। उनीभन्दा अघि स्पेनिस खेलाडी राफायल नाडाल छन्। उनले २२ पटक ग्रान्डस्लाम उपाधि जितेका छन्। 

आइतबार राति भएको फाइनलको सुरुवात सेट ४–६ ले गुमाएका ३५ वर्षीय जोकोभिचले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पारे। दोस्रो सेट ६–३ र तेस्रो सेट ६–४ ले सहजै आफ्नो पक्षमा पारेका जोकोभिचले चौथो सेटमा ७–७ (७–३) को संघर्षपूर्ण जित हात पारे। 

जोकोभिच विम्वल्डनमा लगातार चौथो सिजन च्याम्पियन बन्न सफल भएका हुन्। त्यसअघि जोकोभिच २०१८, २०१९ र २०२१ मा च्याम्पियन बनेका थिए।

२०२० मा भने कोभिडका विम्बल्डन हुन सकेन। त्यसअघि जोकोभिच २०११, २०१४ र २०१५ मा पनि उनले विम्बल्डनको उपाधि जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .