बुधबार कराँतेको ६८ केजी तौल समूह कुमुते विधामा भएको फाइनल प्रतिस्पर्धामा अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ को स्कोरमा पराजित गर्दै स्वर्ण हात पारिन्।
बि.सं २०६२ सालमा अनुपमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन्। २०६३ मा देशमा लोकतन्त्र आएपछि उनी जनमुक्ति सेना (पीएलए) को सिन्धुलीस्थित डिभिजन कार्यालयमा खटिन्।
सिन्धुलीमा तीनवर्ष बिताएकी अनुपमानले त्यहीबाट कराँते सिकेकी थिइन्।
बुधबार अनुपमानले स्वर्ण पदक जितेसँगै कराँतेमा नेपालको स्वर्ण पदक संख्या दश पुगेको छ। नेपालले अहिलेसम्म पुरा स्वर्ण २७ वटा जितेको छ।
प्रतिक्रिया