ad ad

खेल


लस एन्जल्स क्लबमा अनुबन्धित हुँदै बेल

लस एन्जल्स क्लबमा अनुबन्धित हुँदै बेल

नेपालखबर
असार १२, २०७९ आइतबार ६:५५, काठमाडौँ

वेल्सका कप्तान तथा फरवार्ड गेरेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बेलले आफू लसि एन्जल्स क्लबमा जोडिन लागेको उल्लेख गरेका छन्।

एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो।

बेलले एक सिजनका लागि लस एन्जल्ससँग सम्झौता गर्न सहमति जनाएको बताइएको छ।

स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेल क्लबविहीन थिए।  

३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .