ad ad

खेल


माने बार्यन जाने पक्का

माने बार्यन जाने पक्का

नेपालखबर
असार ४, २०७९ शनिबार ६:४३, काठमाडौँ

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई भित्र्याउने भएको छ।

लिभरपुल ४ करोड १० लाख युरोमा बार्यन जान लागेका हुन्। उनलाई बेचेबापत लिभरपुलले ४ करोड २० लाख युरो पाउनेछ। 

माने सन् २०१६ मा साउथाम्प्टनबाट लिभरपुल गएका थिए। त्यसयता उनले प्रिमियर लिगको लागि ९० गोल गरेका छन् भने गत सिजनमा भएको सबै प्रतियोगितामा गरेर उनले २३ गोल गरेका थिए। 

मानेका सहयात्री मोहम्मद सलाह र रोबर्टो फिर्मिनो लिभरपुलको सफलताको अभिन्न अंग बनेका छन् ।

यी तीन खेलाडी क्लबलाई २०१९ मा च्याम्पियन्स लिग जिताउन र त्यसपछि अर्को सिजनमा लिभरपुलले २० वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

यो सिजन लिभरपुललाई काराबाओ कप र एफए कप जिताउन र प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपविजेता बनाएका मानेले सेनेगलसँग अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाए ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .