ad ad

खेल


म्यानचेस्टर सिटीमा इर्लिङ हालान्ड, ५ वर्ष लामो सम्झौतामा हस्ताक्षर

म्यानचेस्टर सिटीमा इर्लिङ हालान्ड, ५ वर्ष लामो सम्झौतामा हस्ताक्षर

नेपालखबर
जेठ ३०, २०७९ सोमबार १७:२७, काठमाडौँ

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले नर्वे चर्चित युवा स्ट्राइकर एर्लिङ हालान्डलाई औपचारिक रुपमा भित्र्याएको छ।

एक महिनाअघि नै हालान्ड सिटीमा आवद्ध हनु सहमत भएका थिए। तर सिटीले हाल यूईएफए नेसन्स लिग खेलिरहेका हालान्डलाई सोमबार औपचारिक रुपमा भित्र्याएको हो। 

२१ वर्षीय हालान्डलाई भित्र्याउन सिटीले ६० मिलियन पाउन्ड खर्च गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमण्डमा जादुमय प्रदर्शन गरेका हालान्ड सिटीमा अब ९ नम्बर जर्सीमा देखिने बताइएको छ।

हालान्डले सिटीसँग सम्झौता गर्दै यो क्लब आफू र परिवारको गर्वसँग जोडिएको बताएका छन्। उनका पिता एल्फे हालान्डले पनि यसअघि सिटीबाटै खेलेका थिए। 

‘म र मेरो परिवारको लागि आज गर्वको दिन हो। सिटीमा विश्वस्तरीय खेलाडी छन्', उनले भने, 'पेप ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्। मेरो लक्ष्य पूरा गर्न मैले सही क्लब रोजेको छु।'

उनले आफू अझै गोल गर्ने चहानासहित सिटीमा आएको बताए। ‘म गोल गर्न र उपाधि उचाल्छ चाहन्छु', उनले सिटीसँगको अन्तर्वार्तामा भनेका छन्, 'एक फुटबलरका रुपमा आफूलाई अझै निखार्न चाहन्छु। म सिटीमा रहेर आफूलाई अझै खार्ने कुरामा विश्वस्त रहेको छु।’

हालान्डलाई भित्र्याउँदै सिटीका फुटबल निर्देशक टीकी बेगिरिस्टनले केही वर्षदेखि उनी आफ्नो नजरमा रहेको बताए। 
हालान्डलाई क्लबमा भित्र्याउँदा आफूहरु उत्साहित भएको पनि उनले बताएका छन्।  आएको र क्लबमा ल्याउँदा पाउँदा उत्साहित रहेको बताए ।

यो सम्झौतापछि हालान्ड सन् २०२७ सम्म सिटीमा रहनेछन्। उनले यसअघि दुई सिजन डर्टमन्डबाट खेलेका थिए। 

त्यसअघि उनलाई डर्टमण्डले सन् २०२० मा अस्ट्रियन फुटबल क्लब आरबी साल्जवर्गबाट ल्याएको थियो। 

हालान्डले दुई सिजन डर्टमण्डमा रहँदा ८९ खेलबाट ८६ गोल गरेका थिए। उनले नर्वेका लागि सबै कीर्तिमान तोड्ने दिशामा अघि बढ्दै २१ खेलमा २० गोल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .