अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै भारतीय कप्तान विराट कोहलीलाई जरिवानासहित कारवाही गरेको छ।
आइसीसीले अनावश्यक अपीलको नियम उल्लंघन गरेको आरोपमा कोहलीलाई उनको म्याच फिसको २५ प्रतिशत जरिवानासहित कारवाही गरेको हो।
आइसीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै कोहलीले आचारसंहिताको लेभल-१ उल्लंघन गरेको जनाएको छ। भारतले शनिबार अफगानिस्तानविरुद्ध ११ रनको जित निकाल्ने क्रममा कोहलीले उक्त नियम उल्लंघन गरेका थिए।
अफगानिस्तानको पारीको २९औं ओभरमा कोहलीले अम्पायर अलिम डारको नजिक गएर आक्रामक रुपमा गलत गरिकाबाट अपिल गरेको आइसीसीले उल्लेख गरेको छ। कोहलीले आफ्नो गल्ती स्वीकार्दै जरिवाना तिर्न तयार भएको आइसीसीले जनाएको छ।

प्रतिक्रिया