नेपाली भलिबल टोली दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको खेलमा समूहको अन्तिम खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको साग यात्रा सकिएको हो।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो। समूह ‘ए’मा भारत विजेता र बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन्।
प्रतिक्रिया