ad ad

रोचक


संसदमा बहस चल्दाचल्दै सांसदले प्रेमिकालाई राखे विवाह प्रस्ताव

संसदमा बहस चल्दाचल्दै सांसदले प्रेमिकालाई राखे विवाह प्रस्ताव

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १२:३१,

इटलीको संसद्को तल्लो सदन च्याम्बर अफ डेपुटिजमा सांसदहरु एकअर्काका होच्याउँछन्, गाली गर्छन्। कहिलेकाहीँ हात हालाहाल पनि हुन्छ। यहीँ गठबन्धन भत्किने र बन्ने गर्छ।

तर, बिहीबार संसदमा अनौठो दृश्य देखियो। जसका कारण त्यहाँको माहौल नै प्रेमिल बन्न पुग्यो।

भूकम्पपछिको पुनर्निर्माणबारे बोल्न सुरु गरेका लिग पार्टीका सांसद फ्लावियो डि मुरोले आफ्नी गर्लफ्रेन्ड एलिसा डे लियोलाई विवाहको प्रस्ताव राखेपछि वातावरण रमाइलो बन्न पुगेको थियो।

व्यस्त जीवनशैलीका कारण व्यक्तिगत जीवन कठिन भएको गुनासोबाट उनले कुरा सुरु गरेका थिए। उनकै पछाडि थिए लिग पार्टीका अर्का सांसद मास्सिमिलानो पानिजुत। उनी फोनमा घोप्टो परेका थिए।

‘हामी साँचो मूल्य मान्यतालाई बेवास्ता गर्छौँ। हाम्रो ख्याल गर्ने मान्छेहरुलाई हामी बेवास्ता गर्छौँ। हामीप्रतिको तिनको मायालाई हामी बेवास्ता गर्छौँ,’ डि मुरोले भने, ‘किनभने आज मेरोलागि खास दिन हो।’

21596872-7736597-image-a-43_1574978465138.jpgडि मुरो र डे लियो

त्यसपछि उनीले आफ्नो घर्राभित्र हात छिराए र औँठी झिकेर अगाडि देखाउँदै आफ्नो गर्लफ्रेन्डलाई विवाहको प्रस्ताव राखे। उनकी गर्लफ्रेन्ड दर्शकदीर्घामा बसेकी थिइन्।

‘एलिसा, तिमी मसँग बिहे गर्छौ?’ उनले सोधिन्।

क्यामेरामा नदेखिएकी डे लियोले प्रस्ताव स्वीकार गरिन्।

तत्काल उनका साथी सांसदहरु उठेर अंकमाल गर्दै डि मुरोलाई बधाई दिन थाल्यो।

‘माननीय डि मुरो,’ तत्काल सभामुख रोबर्ट फिकोले हस्तक्षेप गरे। उनले व्यक्तिगत काममा संसद्को समय खेर फालेकोमा डि मुरालाई सजग गराए।

तर, डेमोक्रेटिक पार्टीकी सांसद स्टेफानिया पेजोपेनले यो जोडीलाई बधाई दिने प्रस्ताव राखिन्।

‘प्रेमले सबैलाई एक बनाउँछ,’ उनले भनिन्।

सांसद डि मुरोले एक अन्तर्वार्तामा आफ्नी प्रेमिका तीन दिने भ्रमणमा रोम आएको मौका छोपेर उनलाई र सांसदहरुलाई ‘सरप्राइज’ दिएको बताएका छन्। उनीहरु ६ वर्षदेखि साथ बस्दै आएका छन्।
डि मुरोले विवाहको मिति भने तय भइनसकेको बताए।

यही प्रस्तावको प्रभाव हुनसक्छ, बिहीबार भूकम्पपछिको पुनर्निर्माणबारे अघि सारिएको प्रस्ताव एकमतले पारित भएको छ। इटलीको संसद्मा यसरी सांसदहरु एकमत भएको दृश्य विरलै देखिने गरिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .