१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटले पराजित भएको छ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहल त्रिपुरेश्वरमा भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९ , २४–२६ र १५–१२ को सेटमा पराजित भयो।
बंगलादेशविरुद्धको पहिलो सेट नेपालले २५–२१ ले आफ्नो सेटमा पारेको थियो। सुरुवातदेखि नै लिएको अग्रता जोगाउँदै नेपालले पहिलो सेटमा जित हात पारेको हो। यस्तै सुरुवात देखि नै पुनरागमन गरेको बंगलादेशले नेपालको कमजोर सर्भिसको फाइदा उठाउँदै दोस्रो सेट २३–२५ ले आफ्नो पक्षमा पार्यो।
यस सेटमा कुनैपनि बेला नेपालले अग्रता बनाउन सकेन। तेस्रो सेटमा पुनः सुरुवात देखि नै हावी रहेको नेपालले २५–१९ को जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको यो सेटमा १४–१३ को अवस्था देखि लिएको अग्रतालाई कायम राखेको थियो। चौथो सेटमा भने दुबै टोलीबीच सुरुवातदेखि नै प्रतिस्पर्धा देखिएको थियो।
तर अन्तिममा नेपाल २४–२६ ले पछि पर्यो। एक समय १२–१६ ले पछि परेको नेपालले लगातार चार अंक ल्याएर खेल १६–१६ को स्थितिमा पुर्याएको थियो।
त्यसपछि निकै प्रतिस्पर्धा देखिएको खेलमा अन्तिम अंकमा भने नेपाल चुक्यो। अन्तिम सेटमा नेपाल १५–१२ ले पराजित भयो। यस सेटमा भने बंगलादेशले सुरुवात देखि नै अग्रता लिएको थियो। साग पुरुष भबिलको समूह एमा नेपाल र बंगलादेशसँगै भारत रहेका छन्।
नेपालले भारतसँग शुक्रबार ५ बजे खेल्नेछ। साग अन्तर्गत पुरुष भलिबलमा बिहीबार दिउँसो एक बजे समूह बीका पाकिस्तान र माल्दिभ्स भिड्नेछन्। यस्तै दिउँसो ३ बजे समूह एका भारत र बंगलादेश भिड्दैछनऔ

प्रतिक्रिया