दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिकाअनुसार त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेल श्रीलंकाको यू-२३ टोलीसँग मंसिर १८ गते खेल्नेछ।
सागको पुरुष क्रिकेटमा पाकिस्तान र भारतबाहेक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहनेछ। टेस्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यू-२३ टिम र बाँकी देशको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ।
राउन्ड रोबिनका आधारमा सबै टोलीले एक अर्कासँग खेलिसकेपछि समूहको शीर्ष दुईमा रहने टोलीहरू सीधै फाइनल खेल्नेछन्। यस्तो दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
सागका लागि नेपालले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली घोषणा गरिसकेको छ।
प्रतिक्रिया