अस्ट्रेलियाका विख्यात लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ।
फक्स न्युजका अनुसार उनको निधन हृदयघातबाट भएको हो। वार्नले शुक्रवार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर रोड मार्शको निधनमा ट्वीट गरेका थिए।
उनले मार्शको निधनमा दुख जनाएका थिए। यो नै उनको जीवनको अन्तिम ट्वीट हुन पुग्यो।
समाचार अनुसार शेन वार्न थाइल्याण्डको एक भिल्लामा बेहोस भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकको कयौँ प्रयासबीच उनलाई बचाउन नसकिएको हो।
५२ वर्षमै हृदयघात पछाडि वार्नको चुरोट र मदिराको लत कारण मानिएको छ।
वार्न एक चेन स्मोकर थिए। उनी कयौँ पटक क्रिकेट मैदानमै चुरोट पिउँदै गरेको देखिन्थे। साथै उनी अत्यधिक मदिरा पनि पिउँथे।
शेन वार्नले कयौँ कोशिशका बावजुद चुरोट र मदिराको लत छाड्न सकेनन्।
सन् १९९२ मा भारतविरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।
शेन वार्नले २३ वर्षकै उमेरमा भारतविरुद्ध सन् १९९२ मा सिड्नी टेस्टबाट अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले आफ्नो अन्तिम टेस्ट म्याच जनवरी २००७ मा इङ्ल्यान्डविरुद्ध सिड्नीमै खेलेका थिए।
Shares

प्रतिक्रिया